कन्तुरको १५ औं साधारणसभा सम्पन्न

kanturफिपराज बेघा, भदौ २७ पथरी । कन्तुर वहुउद्देश्सीय सहकारी संस्थाको १५ औं साधारणसभा सम्पन्न भएको छ ।

भदौ २३ र २४ गतेको चुनाबी साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । सबै पदमा सर्व सम्मत भएपनि कोषाध्यक्षमा भने चुनाव भएको थियो ।

कोषाध्यक्ष पदमा भारी मतले पुरुषोत्तम बस्नेत बिजयी भएका छन् । उनले ३ सय ९९ मत ल्याए भने उनका प्रतिद्वन्द्वी खेमनाथ ढुगेलले १ सय ६४ मत ल्याएका थिए ।

यस्तै अध्यक्ष ओमप्रसाद लिम्बु, उपाध्यक्ष तुलसादेबी चापागाई, सचिव लिला निरौला, सदस्यहरु चन्द्रबहादुर खड्का, दुर्गाप्रसाद अधिकारी, कमला ढुंगेल, पदमबहादुर बस्नेत, चेतनाथ अधिकारी र लेखामा सविन भट्टराईको संयोजकमा बुद्धकुमार बिष्ट, इन्द्र खत्री निर्विरोध चयन भएका छन् ।

साधारणसभामा ८०२२२५०.५२ आम्दानी र ६३०१२७१.२५ खर्च रहेको र शेयर पुँजी १७४३२०००, बचत निक्षेप ३६७७५३८७, जम्मा ऋण लगानी ६५०००००० रहेको व्यवस्थापक तुलसी बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *