जयरामघाटको पक्की पुल असार मसान्त सम्ममा निर्माण कार्य सम्पन्न हुने

खोटाङ २९ बैशाख, खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोसी नदीस्थित जयरामघाटको पक्की पुल असार मसान्त सम्ममा निर्माण कार्य सम्पन्न गर्ने ठेकेदार कम्पनीले बताएको छ । दूधकोसी नदीस्थित जयरामघाटको पक्की पुल निर्माण शुरु भएपश्चात नौ वर्षपछि सम्पन्न हुन लागेको हो ।

अहिले पुलको मुख्य लट्ठा राख्ने काम सकिएको छ । “जयरामघाटमा निर्माणाधीन पक्की पुल नेपालकै नमुना हो”, नमुना भएकै कारण सबै सामग्री र इन्जिनियर चिनबाट ल्याउनुपर्दा निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनीले बताएको छ ।

जयराम घाटमा निर्माणाधीन पुलमा निर्माण पश्चात पुलको दुवैपट्टि बिजुली बत्ती राखिने पुललाई झोलुङ्गे पुलको जस्तै लट्ठाले पुलको सम्पूर्ण भार थाम्ने गरि निर्माण गरिएको छ ।अहिले उक्त निर्माणाधीन पुलमा स्टिल ट्रस बिच्छ्याउन सुरु गरिएको छ ।

राजधानी काठमाडौँ तथा तराईका जिल्लाबाट खोटाङ भित्रने मुख्य प्रवेश मार्ग जयरामघाटको पुल बन्न नसक्दा जिल्लामा आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु भित्र्याउन तथा आवतजावतमा समस्या हुने गरेको छ ।

निर्माणधिन पक्कि पुलको केहि तस्विरहरु 

jayaram ghat

फोटोहरु:- मदन राई र पिके राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *