विजयकुमार गच्छदारको नेतृत्वमा तीन मन्त्रालय सहित आज सरकारमा जाने

काठमाडौ २५ बैशाख, नेपाल लोकतान्त्रिक फोरम पुष्पकमल दाहाल नेतृत्वको सरकामा सहभागी हुने भएको छ । नेपाल लोकतान्त्रिक फोरम अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा तीन मन्त्रालय सहित सरकारमा सहभागी हुने छन् ।

गच्छदारले उपप्रधानमन्त्रीका साथै स्थानीय विकास मन्त्रालय सम्हाल्नेछन् । त्यसैगरी भूमिसुधार तथा पर्यटन मन्त्रालय पनि फोरम लोकतान्त्रिकले पाउने भएको छ । गच्छदारले आजै सपथग्रहण गर्नेछन् । अन्य मन्त्रीको टुङ्गो लाग्न बाँकी रहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *