संघीय समाजवादीको लिम्बुवान वैठक सम्पन्न

sanghiyasamaj-partiकमन देवान÷देवेन्द्र खापुङ पथरी, २६ भदौं । संघीय समाजवादी फोरम नेपाल, लिम्बुवान प्रदेश समितिको पाँचौ पूर्ण वैठक लिम्बुवानको पथरीशनिश्चरेस्थित तमु गुम्बाको सभाहलमा आइतबार सम्पन्न भएको छ ।

शनिबारदेखि शुरु भएको वैठकले लिम्बुवान प्राप्तिका लागि अनवरत सङ्घर्ष र आन्दोलनका चरणहरुबारे छलफल गर्दै समग्र नेपाली राजनीतिक परिप्रेक्ष्यमा पहिचान र संघीयताको आन्दोलन र ससफो नेपालकाले अघि सारेका राजनीतिक र राजनीतिक विषयहरुमा घनिभूत छलफल गरिएको छ । वैठकले असोज ३ लाई कालो दिनको रुपमा लिने घोषणा गरेको छ ।

नेपाली जनताको अधिकार कुण्ठित पार्ने संविधान घोषणा भएको दिन कालो ब्यानर, कालो पट्टिसहित लिम्बुवान प्रदेशभर विरोध प्रदर्शन गर्ने भएको छ । स्थानीय तहको पुर्नसंरचना भनी गाविस र नगरपालिकाको पुनर्संरचना गरेर संघीयता, स्वायत्तता, पहिचान र विशेष संरक्षण क्षेत्रको अधिकार कुण्ठित गर्ने र संघीयतालाई असफल बनाउने प्रयास राज्यपक्षबाट भइरहेको हुँदा यसलाई कडा रुपले प्रतिवाद गर्ने निर्णय गरेको छ ।

पदाधिकारी थप वैठकले लिम्बुवान राज्यको पदाधिकारीमा थप पदाधिकारी पनि मनोनयन गरेको थियो । जसमा उपाध्यक्ष विश्वदिप लिङ्देन, पदम अधिकारी, मुख्य सचिव लोकसागर साम्बा, सचिव दीपक याक्खा, सुमन शर्मा जमरकट्टेल र कोषाध्यक्षमा केवलराम राईलाई मनोनयन गरेको हो ।

फागुन मसान्तसम्ममा अधिवेशन पार्टीको वडा, गाउँ र नगर अधिवेशनहरु २०७३ मंसिर मसान्त सम्ममा, क्षेत्रीय अधिवेशनहरु पौष मसान्तसम्ममा, जिल्ला समिति तथा सम्पर्क समितिहरुको अधिवेशन माघ मसान्तसम्ममा, जनवर्गीय संगठनहरुको माघ मसान्तसम्ममा र लिम्बुवान प्रदेश समितिको अधिवेशन फागुन मसान्तसम्ममा गरिसक्नुपर्ने निर्णय गरेको छ ।

बैठकपश्चात पत्रकार सम्मेलनमा बोल्दै महासचिव रनध्वज कन्दङ्वाले संघीय गठबन्धनको २६ बुँदे माग पूरा गराउन अन्त्यहिन आन्दोलन जारी रहेको बताएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *