मेयरकी उम्मेद्वार रेणु दाहालको निवास पेट्रोल बम प्रहार, गाडिमा क्षति

चितवन २३ बैशाख, चितवनको भरतपुर महानगरपालिका-१० स्थित स्याउलीबजारमा माओवादी (केन्द्र) बाट मेयरकी उम्मेद्वार रेणु दाहालको निवास नजिकै पेट्रोल बम प्रहार भएको छ ।

उनी बस्दै आएको घरको २०० मिटर अगाडि खाली चौरमा पार्किङ गरिरहेको बा ११ च ९०३० नम्बरको गाडीमा बम प्रहार गरेको हो । बम प्रहारबाट गाडीको सिसा फुटे पनि अन्य क्षति हुन नपाएको चितवन प्रहरीले जनाएको छ ।

प्रहरीले यस घटनामा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का तर्फबाट महानगरपालिका प्रमुखको उम्मेदवार रेणुका मामा पौडेलका घरमा रोकिराखिएको बा ११ च ९०३० नंको गाडीसमेत तोडफोड गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *