बिनोद बातावा-काठमाडौ ६ बैशाख,गीतकार सुजन कोयि राईको शब्द , अनिल कोयि राईको सङ्गीत र प्रमोद खरेलको स्वरमा सजिएको “समर्थन तिम्रो..” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । भिडियोमा अहिलेकी ब्यस्त र चर्चित मोडेल सम्झना राई र रुक्मान लिम्बूको जोडदार अभिनय संगै प्रेम लिम्बू गौर राईको सहायक भुमिका देख्न पाइन्छ । यस म्युजिक भिडियो युवा निर्देशक राजेश पुमा राईको निर्देशनमा तयार भएको हो भने बिष्णु अधिकारीको म्युजिक संयोजन रहेको छ ।
उदयपुर बेल्टार घर भई बिगत आठ बर्षदेखि दुबईमा कार्यरत सुजन कोयि यसै भिडियो रिलिज गर्न साथै आउदै गरेको राजेश पायलद्वारा गाइएको अर्को गीतको भिडियोमा अभिनय गर्न छोटो समयको बिदा मिलाएर नेपाल आएका हुन । गितकार तथा मोडेल सुजनले आफू नेपाली गीत संगीतको क्षत्रमा निरन्तर लाग्ने प्रण गरिसकेकोले गर्दा दर्शक श्रोताहरुले यस आफ्नो भिडियो हेरेर गीत सुनेर सल्लाह सुझाब प्रतिकृया दिनको लागि अनुरोध पनि गरेका छन।
कभर सङ कम्पिटिसन
भिडियो रिलिजको कार्यक्रममा बोल्दै यस गीत “समर्थन तिम्रो..” को कभर सङ कम्पिटिसनहुने कुराको घोषणा समेत गीतकार सुजन कोयि राइले गरेका छन । कभर सङ कम्पिटिसनमा विनरलाई रु. एक लाख बीस हजार मूल्य बराबरको पुरस्कार प्रदान गरिनेछ । यस सम्बन्धी बिस्तृत जानकारी छिटै प्रकाशन हुने कुराको जानकारी यस गीतका संगीतकार अनिल कोयि राईले जानकारी दिएका छन ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला