काठमाडौ १८ चैत्र,विश्व ट्रेड युनियन महासंघ नेपालले इजरायली दुतावासमा ज्ञापन पत्र बुझाउन जाँदा सयौ प्रहरीले अवरोध गरि ज्ञापन पत्र बुझाउन दीइएन ।हिजो मार्च ३० तारिखका दिन विश्वभर विश्व ट्रेड युनियन महासङ्घले प्यालेस्टाईनी जनताको आन्दोलनका लागि ऐक्यवद्धता कार्यक्रम आयोजना गरी ८ वटा ट्रेड युनियन महासङ्घहरुवाट प्यालेस्टाइनी जनताको आन्दोलन प्रति ऐक्यवद्धता जनाउँदै इजरायली सरकारवाट भईरहेको दमन र हस्तक्षेपको अन्त्य गर्न लैनचौरवाट जुलुस सहित नेपाल स्थित इजरायली राजदुतावासमा ज्ञापन पत्र बुझाउन जाँदा दुतावासको कार्यालयमा सयौ प्रहरी तैनाथ गरी ज्ञापन पत्र वुझाउन नदिएको हो ।
नेपाल जस्तो प्रजातान्त्रिक मुलुकमा कुटनीतिक नियोगवाट यस किसिमको कार्य हुनु अप्रजातान्त्रिक कृयाकलाप भएको छ । यसरी प्रहरी हस्तक्षेप गरी ज्ञापनपत्र वुझाउन नदिएपछी दुतावास वाहिर भएको कोणसभामा वक्ताहरुले विरोध गरेका थिए यस क्रममा विश्व ट्रेड युनियन महासङ्घका प्रेसिडेन्सीयल काउन्सील सदस्य प्रेमल कुमार खनालले दुतावासको यस क्रियाकलापको विरोध गर्दै प्यालेस्टाईनी जनताको मातृभूमि रक्षाका लागि सञ्चालित आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्दै विश्व साम्राज्यवाद र पूँजिवादको उक्साहट र सहयोगमा प्यालेस्टाईन माथि भएको आक्रमण र नाकावन्दीको अन्त्य गरी प्यालेस्टाईनी जनताको मातृ भूमिमा वस्न र वाँच्न पाउने अधिकारको सम्मान गर्न माग गरेका थिए । साथै उक्त कार्यक्रममा विश्व ट्रेड युनियन महासङ्घ फाईनान्सीयल कन्ट्रोल कमिटीका सदस्य मोहनमान स्वाँरले पनि मन्तव्य राखेका थिए ।
दुतावासलाई लेखिएको प्रेमल कुमार खनालको हस्ताक्षर रहेको ज्ञापन पत्र निम्नानुसार रहेको छ ।
विश्वका प्रगतिशिल एवं समाजवादी विचार पक्षधर श्रमिकहरुको अन्तराष्ट्रिय केन्द्र विश्व ट्रेड युनियन महासङ्घ ९ध्ँत्ग्० ले विश्वव्यापी रुपमा प्यालेस्टाइनी जनताले आफ्नो मातृ भूमिको रक्षार्थ सञ्चालन गरेको संघर्ष प्रति ऐक्यवद्धता जनाउँदै आएको छ ।
यसलाई मध्यनजर गर्दै विश्व ट्रेड युनियन महासङ्घ सँग आवद्ध नेपालमा कृयाशिल हामी ८ वटा राष्ट्रिय स्तरका ट्रेड युनियन महासङ्घहरुको प्यालेस्टाइन माथि भईरहेको ईजरायली हस्तक्षेपप्रति हाम्रो गम्भीररुपमा ध्यानाकर्षण भएको छ । इजरायल सरकारले अमानवीय नाकावन्दी लगाउनुको साथै प्यालेस्टाइनीहरुको बासस्थान र प्राकृतिक सम्पदा माथि वर्षौ देखि हस्तक्षेप भईरहेको छ । यसका क्रममा कयौं प्यालेस्टाइनी वालवालिकाको हत्या तथा सयौं श्रमिक वर्गलाई वन्दी बनाईएको छ । सँग-सँगै हजारौँ प्यालेस्टाइनी श्रमिकहरु र जनताहरु ईजरायली बन्दी गृहमा बन्दी जीवन विताईरहेका छन् ।
यसै पृष्ठभूमिमा प्यालेस्टाइनी श्रमिक वर्गले उठाईरहेको आन्दोलनप्रति हामीहरु सामूहिक रुपमा ऐक्यवद्धता प्रकट गर्न चाहन्छौं । स्वतन्त्र प्यालेस्टाईनी राज्य स्थापनार्थ भईरहेको वर्षौ लामो संघर्ष माथि भईरहेको इजरायली वर्वरता दमन र शोषण साम्राज्यवाद र पूँजीवादको आडमा श्रमिक वर्गलाई शोषण गर्दै अधिकतम् लाभ प्राप्त गर्ने इजरायली उद्देश्यवाट अभिप्रेरित छ भन्ने सम्पूर्ण श्रमिक वर्गलाई जानकारी छ ।
तसर्थ, हामी इजरायली आक्रमणप्रति घोर भर्त्सना गर्दै “आक्रमणको अन्त्य गर स्वतन्त्र प्यालेस्टाइन राज्य स्थापना गर” भन्ने प्यालेस्टाइन जनताको मागप्रति ऐक्यवद्धता व्यक्त गर्दछौं । प्यालेस्टाइन जनताले आफ्नो मातृभूमिमा विना बाहिरी हस्तक्षेप वाँच्न र बस्न पाउने अधिकारको हामी समर्थन गर्दछौं । अतः हामी यस पत्र मार्फत् प्यालेस्टाइन जनताको माग र अधिकारको रक्षा गर्न ध्यानाकर्षण गर्दछौं ।