पौष १२ काठमाडौ, ममता नामक एल्बम बजारमा ल्याएर नेपाली सांगीतिक दुनियाँमा उदाएकी गायिका ममता राईले आफ्नो पछिल्लो एल्बम ‘हाङ्मा’ मा समावेश ‘शिरैफूल’ बोलको गीत मार्फत बजारमा आएकी छीन् । ‘शिरैफूल’ बोलको गीतको भिडियो पनी सार्वजनिक भएको छ । यस गीतको भिडियोमा चर्चित मोडल पार्वती राईलगायत अन्यले अभिनय गरेका छन् । उक्त गीतको छायांकन फोटो पत्रकार नविनबाबु गुरुङले गरेका छन् ।
शिव संगम राईको शब्द तथा संगीत रहेको ‘शिरैफूल’ गीत राष्ट्रभाव संस्कृति र प्रेम भाव मिसिएको गीत हो । यो गीतमा गोपाल रसाइलीको एरेञ्ज रहेको छ । यसबारेमा गायिका ममताले सूचना खबरलाई भनिन्, ‘हाङ्मा एल्बममा सबै प्रकारका गीत समावेश गर्ने प्रयत्न गरेकी छु ।
यस गीतबाट आफू धेरै आशावादी रहेको बताइन् । ममताले भनिन्, ‘यो गीत श्रोता तथा दर्शकले रुचाउँछन् भन्ने मलाई लागेको छ ।’ ‘हाङ्मा’ को अर्थ किरात भाषामा रानी हो । जुन एल्बमलाई चाँडै रिलिज गर्ने ममताले बताइन् ।
शिरैफूल गीतको म्यूजिक भिडियो