मंसिर १४ काठमाडौ, युवा गीतकार स्टारहाङ बान्तवा ’जलन’ आफ्नो पहिलो सांगीतिक एल्बम ’मनको जलन’गीति एल्बम लिएर आउने भएका छन् । उक्त एल्बममा ५ वटा गीतहरु समाबेश गरिने भएको छ । ५ वटै गीतमा राजा खड्काले संगीत भरेका छन् भने चर्चित गायक गायिकाहरु दीपक लिम्बु, प्रमोद खरेल, हेमन्त शर्मा, राज खड्गका,मेलिना रार्इ र सुमिना लो ले आवाज दिने भएका छन् ।
५ वटै गीतको म्युजिक भिडियो बन्ने भएको छ । पहिलो म्युजिक भिडियो प्रमोद खरेलको स्वरमा रहेको ’मुटु झिकेर कसरी दिउँ तिम्रो खुशीको निम्ति’ बोलको म्युजिक भिडियो तयार भाईसकेको गीतकार स्टारहाङ्ग जलनले बताए । उक्त भिडियोमा प्रबिण थापाको निर्देशन रहेको छ भने हरिनारायण चौधरीले भिडियो खिचेका हुन् ।उक्त भिडियोमा मोडेल मन्जिता केसी र बाबु मगरको अभिनय रहेको छ । बाल कलाकारको भूमिकामा रियाज भण्डारी रहेको छ । अन्य दुई गीतहरु दिपक लिम्बुको स्वरमा रहेको ’मृगनयनी आँखा उनको हरिणको चाल’ र मेलिना रार्इको स्वरमा रहेको ’सम्झेर तिमी आशुले मेरो भिज्दैछ सिरानी’ बोलको गीतको पनि म्युजिक भिडियोको चाडै तयार हुने गीतकारले बताएका छन्।
बाँकी दुई गीत हेमन्त शर्माको स्वरमा रहेको ’भोजपुरको सुन्तला मिठो ईलामको चिया’ र राज खड्का र सुमिना लो को स्वरमा रहेको ’नक्कलीले कर्के नजर हानेर पो मार्यो’ बोलको म्युजिक भिडियो भने केही समय लाग्ने गीतकारले बताए । रोजगारको सिलसिलामा युएईमा रहेका गीतकारले छिटै नेपाल आएर एल्बम विमोचन गर्ने सूचना खबरलाई बताएका छन् ।