२५ साउन , काठमाडौं : कानुन मन्त्री धनराज गुरुङको ब्लड प्रेसर घटेर बिरामी भएपछि अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएका थिए ।
स्वास्थ्य परीक्षणका लागि पुगेका मन्त्री गुरुङ अन्नपूर्ण न्यूरो अस्पतालले त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रिफर गरेको स्वकीय सचिव प्रेम केसीले जानकारी दिए ।
अहिले गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको केसीले बताए ।