किलिएन एमबाप्पेलाई बेच्ने तयारीमा पीएसजी

काठमाडौं । फ्रान्सको लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फरवार्ड किलिएन एमबाप्पेलाई बेच्ने तयारी गरेको छ । एमबाप्पेले क्लबसँगको सम्झौता नवीकरण नगर्ने बताएपछि पीएसजीले उनलाई यही समर सिजनमा बेच्ने तयारी गरेको हो ।

पीएसजीसँग एमबाप्पेको सम्झौता आगामी सिजनको अन्त्यमा सकिँदैछ । २४ वर्षीय एमबाप्पेले पीएसजीसँगको सम्झौता नवीकरण गर्ने समयसीमा ३१ जुलाइसम्म मात्र छ । तर एमबाप्पेले आफूले सम्झौता नवीकरण नगर्ने जानकारी क्लबलाई गराइसकेको बीबीसीले उल्लेख गरेको छ ।

पीएसजीका कीर्तिमानी गोलकर्ता एमबाप्पेलाई अर्को सिजन फ्री ट्रान्सफरमा पठाउनुभन्दा सम्झौता अवधि सकिनुअघि नै बेचेर पैसा कमाउने पीएसजीको मनसाय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *