माया ज्ञवालीलाई एमालेले घर बनाइ दियो

असोज २९ काठमाडौ, दासढुंगा दुर्घटनामा मृत्यु भएको जीवराज आश्रितको पत्नी माया ज्ञवालीले २३ वर्षा पछि, नयाँ घर पाएकी छिन् । यो भन्दा अगाडि, माया चावहिलमा डेरामा बस्दै आएकी थिइन् ।

२०५० साल जेठ ३ गते भएको रहस्यमय दाशढुङ्गा दुर्घटनामा परी एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।

एमालेका तत्कालीन महासचिव मदनकी पत्नी विद्या भण्डारी भने अहिले राष्ट्रपति छिन् । एमाले काठमाडौं जिल्ला समितिले विभिन्न क्षेत्रबाट सहयोग जुटाएर ज्ञवालीका लागि घर बनाएको हो ।

२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सहिद परिवारलाई जग्गा उपलव्ध गराउने निर्णय गरेअनुरुप मायालाई सरकारले जग्गा उपलव्ध गराएको थियो ।

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले शुक्रबार उनलाई घर हस्तान्तरण गरे । घर प्राप्त गरेपछि मायाले सहयोग गर्ने पार्टी र दातालाई धन्यवाद दिइन् भनेर आनपुर्ण पोष्टले लेखेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *