भारतीय विस्तारवाद बिरुद्ध लैनचोरमा प्रदर्शन (भिडियो सहित)

काठमाडौ ५ असार- भारतको दार्जिलिङ्गमा भईरहेको गोर्खाल्याण्ड आन्दोलनमा बर्बरता पुर्बक भारतीय पुलिसले आन्दोलनकारीलाई गोलि हानि हत्या गरेको बिरोधमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा, सीमानामा काँडेतार अभियान, राष्ट्रिय स्वाधिनताका लागि युवा तथा विद्यार्थी अभियान नेपाल र नेपाल रक्षा दलको संयुक्त आयोजनामा संयुक्त रुपमा बिरोध प्रदर्शन गरेको छ ।

रत्नपार्कको शान्ती वाटिकाबाट सुरुवात भएको विरोध जुलुस भोटाहिटी,जमल,दरवारमार्ग, हुदै लैनचोर स्थित भारतीय दुतावास अगाडी पुगेपछि, सयौको संख्यामा रहेको सुरक्षाकर्मीहरुले रोकेका थिए । दुतावासमा ज्ञापन पत्र बुझाउन सुरक्षाकर्मीले रोकेपछि स्थिति तनाबग्रस्त बनेको थियो ।

भारतीय दुतावास अगाडी पुगेर कोणसभामा परिणत भएको कार्यक्रममा नेपाली चलचित्रका निर्माता तथा नायक नवल खड्का, ग्रेटर नेपालका अभियान्ता फणिन्द्र नेपाल लगायतले बोलेका थिए ।

कार्यक्रममा बोल्दै नायक तथा निर्माता नवल खड्का

ग्रेटर नेपालका फणिन्द्र नेपाल

तनाबग्रस्त स्थिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *