मंसिर ३० विराटनगर, नेकपा माओवादी केन्द्रका नेता गोपाल किराँतीले पुरानै संरचनामा स्थानीय तहको निर्वाचन गरे बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी माओवादीको एक नम्बर प्रदेश इन्चार्ज किराँतीले, कांग्रेस, एमाले, राप्रपा र मधेस केन्द्रित दलहरु राजतन्त्रकालीन पुरानै संरचनामा स्थानीय तहको निर्वाचन गर्न उद्दत छन् । पुरानै संरचनामा स्थानीय तहको निर्वाचन गरिए माओवादी केन्द्र १ नम्वर प्रदेशका नेता कार्यकर्ता निर्वाचनमा भाग नलिने उनले बताए । जनताको रगत र पसिनावाट प्राप्त गणतन्त्र लगायत उपलव्धी गुमाउने षड्यन्त्र अनुसार पुरानै संरचनामा स्थानीय निकायको चुनाव गराउन खोजिएको हो । यसलाई स्वीकार गर्न सकिन्न भनेर किराँतीले पत्रकार सम्मेलनमा भनेका छन् ।
पुरानै संरचनामा निर्वाचन गराउन खोज्नुको अर्थ २००७ सालको प्रजातन्त्रलाई २०१७ सालमा खोसेजस्तै गणतन्त्रलाई समाप्त पार्न खोजिएको डाबी गरे । उनले मधेसी मोर्चा समेत पुरानै संरचनाको चुनावमा लचक हुनु आश्चर्यजनक रहेको उनले बताए ।
माओवादी नेता किरातीले, पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई प्रतिगमनकारी शक्तिलाई फाइदा पुग्ने षडयन्त्रको बाहक नबन्न खबरदारी पनि गरे । आम कार्यकर्ता र जनताको कुरा नसुन्ने हो भने हामी विद्रोह गर्न पनि तयार हुनेछौं भनेर चेतावनी पनि दिएका छन् ।