२४ घण्टामा ४३७ संक्रमित, २ जनाको मृत्यु

काठमाडौँ । नेपालमा गत २४ घण्टामा ४३७ जना कोभिड संक्रमित थपिएका छन् ।

देशभर ९०९१ जनामा गरिएको नमूना परीक्षणमा ४३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा २४५४ जना डिस्चार्ज भएका छन् भने २ जनाको मृत्यु भएको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ३५ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *