११ महिनामा ५२ खर्ब ५३ अर्ब तरलता प्रवाह

काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा नेपाल राष्ट्र बैंकले साढे ५२ खर्बभन्दा बढी तरलता प्रवाह गरेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्ममा रिपोमार्फत ४ खर्ब १४ अर्ब ४७ करोड, सोझै खरिद बोलकबोलमार्फत् ८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत २७ खर्ब २७ अर्ब ११ करोड र ओभरनाइट तरलता सुविधा रू २० खर्ब २१ अर्ब ८७ करोड गरी कुल रू ५२ खर्ब ५३ अर्ब १६ करोड तरलता प्रवाह गरिएको हो।

यो कारोबारमा आधारित तरलता प्रवाहको तथ्यांक हो। गत आर्थिक वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत राष्ट्र बैंकले ८५ खर्ब २२ अर्ब १० करोड तरलता प्रवाह गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *