हेलिकप्टरमा चढेर भुकम्प पीड़ित शिविर उदघाटन गर्न गए,कांग्रेस सभासद रामहरी खड्का

मंसिर २३ काठमाडौ, मंसिर २१ गते फुलबारीको घोराखोरीमा भूकम्प पीडितलाई अनुदान वितरण गरिने शिविर उद्घाटन गर्न कांग्रेस सांसद रामहरि खतिवडा आफ्नो पार्टीका जिल्ला सभापति प्रतिप सुनुवार लिएर हेलिकोप्टरबाट झरे ।

हेलिकोप्टरबाट झर्नासाथ उनले आफ्ना कार्यकर्ता र केही भुकम्प पीडितसँग आफुले अनुदान शिविर गाउँमै ल्याएको भन्न भ्याए । खतिवडाका कुरा सुनेका माओवादी केन्द्रका नेता शुरेश थापाले शिविर उद्घाटनमा सांसद खतिवडाको जीवनशैली र उनको व्यवहार बारे प्रश्न उठाए ।
खतिवडाको हेलिकोप्टर मोह
उनको हेलिकोप्टर मोह नयाँ होइन । जिल्लाका समान्य कार्यक्रममा हेलिकोप्टर चढ्ने गर्छन् । भुकम्प पीडितको अवस्था अनुगमन र राहत वितरणमा समेत दर्जनौ पटक हेलिकोप्टरमा उनी सहितका नेताहरु ओहोर दोहोर गरेका थिए । यस पटक पनि भुकम्प पीडितले एक हजारका दरले उठाएको हेलिकोप्टर चढेर पलापु र काठमाण्डौ ओहोर दोहोर गरेका साँसद खतिवडाले पलापुमा भने साथीले दिएको भन्दै अर्को हेलिकोप्टरमा आएका थिए । औपचारिक कार्यक्रममा आफ्नो हैसियतको प्रश्न उठेपछि उनले भाषणमा आफुलाई सांसद नभएर प्रतिष्ठित घरानाको व्यवसायीको रुपमा अथ्र्याए । थापाले उठाएको प्रश्नप्रति कटाक्ष गर्दै उनले आफुले राज्यलाई मासिक ३ लाख कर तिर्ने गरेको गर्वका साथ सुनाए । तर आफ्नो व्यवसाय के हो खुलाएनन् ।
उनले ओखलढुंगाबाट पैसासहित जिल्लाका हाकिम, टुरिजम बैंकका सिइओ र एमाले नेता तीथ सुवेदी हेलिकोप्टरमा गएको विषयमा पनि कटाक्ष गर्न भ्याए । उनले भूकम्प पीडितको पैसामा टुरिजम विकास बैंकका सिइयो ल्याउने अधिकार कस्ले दियो भन्दै गाविस सचिव ढुण्डीराज पाण्डेलाई झपारे । तर आफु भने शनिवार मात्रै भुकम्प पीडितको पैसाले ल्याएको हेलिकोप्टरमा दुई पटक ओहोर दोहोर गरेका थिए । अहिले जिल्लाबासी मासिक ३ लाख कर राज्यलाई तिरेको धाक लगाउने यी माननीयलाई भुकम्प पीडितको पैसामा किन हेलिकोप्टर चढ्न पर्यो ? भनेर प्रश्न गरिरहेका छन् ।
यस्तो नौटंकी
हेलिकोप्टर दुरुपयोग गरेको देखी शिविर र गाउँमा अनुदान आफुले ल्याएका भाषण गरेर आलोचित बनेका खतिवडा अहिले हेलिकोप्टर भाडा बाहेक उठेको रकम कहाँ खर्च भयो भन्दै पारदर्शी हुनु पर्ने माग गर्न थालेका छन् । शनिबार उनी एक्लै शिविर उद्घाटन गर्न पलापु आउने योजनामा थिए । हेलिकोप्टरमा रामहरि मात्रै आउने बखर पाएपछि पलापुमा एमाले लगायतका अन्य दलका स्थानीय प्रतिनिधीहरुले शिविर विथोल्ने चेतावनी दिएपछि साँसद हर्कबोल राई समेत ल्याउने सहमतिमा शिविर व्यवस्थापन गरेपछि उनी जीपको टिकट रोकेर रामहरिसँग आए । शिविरको विवाद मिलाउनकै लागि हेलिकोप्टरमा आएका उनी अहिले रामहरिसँग हेलिकोप्टर चढेकोमा विवादित भए । तर उनी पलापुबाट गाउँ तर्फ आए ।
चिया पसलमा पनि ३ लाख कर र हेलिकोप्टकै चर्चा
ओखलढुंगाका चिया पसलहरुमा समेत अहिले भुकम्प पीडितबाट पैसा उठाएर हेलिकोप्टर चढेको र रामहरिको मासिक तीन लाख रुपैंया करकै विषय चियागफ बनेको छ । दशैं अघि शुरु भएको अनुदान वितरणको कम गाउँमा शिविर लाने नलाने विषय विवादित बनेर दुई महिना सुस्तायो । एक नगरपालिका र ४३ गाविसमा अनुदान वितरण सकिए पनि सात गाविसमा गाउँमै लगेर बाड्ने विषयले ढिला भयो ।
अहिले तीनै सात गाविमा हेलिकोप्टरमार्फत पैसा ढुवानी गरेर हेलिकोप्टर चढेको र पीडितबाट रकम असुलेको विषयले तताएको छ । जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती नै निकालेर खण्डन गरेको छ । यद्यपी पलापु, कालिका र फुलबारी गाविसमा अनुदान वितरण गर्दा प्रतिव्यक्ति एक हजारका दरले हिसाव गर्दा १५ लाख हाराहारीमा रकम संकलन भएको छ ।
यसरी भुकम्प पीडितबाट पैसा उठाएर पैसा ढुवानी गर्ने वहानामा कार्यालय प्रमुख र संसाद हेलिकोप्टर चढेको विषय बढी आलोचित छ । शिविरमा औपचारिक उद्घाटनका नाममा लाखौं रकम खर्चेर भाषण गर्ने मञ्च बनाइएको छ भने साँसद रामहरि खतिवडाले त गाउँमा शिविर आफ्नो व्यक्तिगत पहलमा आएको भन्ने गरेका छन् । यसले चर्को रुप लिदै गएपछि मंगलबार फुलबारीमा माओवादी केन्दका नेता सुरेश थापा र सांसद खतिवडाबीच भनाभन भएको हो । सुरेश थापाले महिनामा ३–४ पटकसम्म हेलिकोप्टरमा जिल्ला आउने सांसदसँग पैसा कहाँबाट आउँछ ? आयस्रोत के हो भनेर प्रश्न गरेपछि संसाद खतिवडाले आफुले राज्यलाई ३ लाख मासिक कर तिर्ने भएकाले प्रतिष्ठीत नागरिक पनि भएको बताएका थिए भनेर शिवप्रसाद ढुङ्गानाले सगरमाथा अनलाईनमा लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *