काठमाडौँ । धर्म श्री ब्याडमिन्टनको उपाधी ए समुहका राजन श्रेष्ठ तथा किरण कार्कीले छितिज हिमालय तथा राजनमान श्रेष्ठलाई २१-१७/२१-१५ ले दुबै सेटले पराजए गराकाे हो ।

समुह “बि” का कुमार सापकोटा तथा सुसान्त दुलालले राजु तमाङ्ग तथा दिबस पाण्डेलाई २४-२२/२१-६ले पराजए थियाे । भने तृतीय स्थानका लागि समुह “ए” का कृष्ण बास्ताकोटी तथा उज्ज्वल दाहालले हरि मोक्तान तथा सुरेन्द्र थापालाई २१-१४/ २१-९ ले हराएका थिए ।

तेस्तै समुह ‘बि’ का टिएम श्रेष्ठ तथा रबिन बोम्जनले शैलेस खड्का तथा एकबहादुर रोक्कालाई २१-१८/२१-१४ ले हराएको हो । धर्मश्री स्पोर्ट्स एकेडेमीले आयोजना गरेको सो खेल गोकर्णेस्वर नगरपालिका अर्याल गाउँमा भएको हो ।

हिजो देखि सुरु भएको प्रतियोगितामा काठमाडौ र सिन्धुपाल्चोकका “ए” समुह बाट १५ टिम र “बि” समुहबाट २७ टिम गरेर ४२ टिमले भाग लिएको आयोजकले जनाएको छ ।

गोकर्णेस्वर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष केशव गुरुङ्गले उपाधी हासिल गरेका टिमहरुलाई पुरस्कार बितरण गरेका थिए ।