हाक्का हाक्की मार्फत खोटाङका हाँस्य कलाकार योगीन टेलिभिजनमा उदाए

चिसाङ शेर्पा / खोटाङ ९ माघ-
हाँस्य कलाकार योगिन राई राष्ट्रिय टेली श्रृङखला ‘हाक्का हाक्की’ मार्फत दर्शक र श्रोतामाझ आएका छन् । बिगत लामो समयदेखी राजधानी बसेर नेपाली कलाकारितामा संर्घषशिल, उर्जावान राई नेपाल टेलिभिजनबाट प्रत्येक सोमबार साँझ ७ :२५ बजे प्रशारण हुने टेलिसिरियल हाक्का हाक्कीबाट उदाएका हुन् ।

खोटाङ रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङका २४ वर्षिय स्थानिय राईले सिरियलमा दुई भाग अभिनय गरीसकेका छन् । ‘हाक्का हाक्की’ को १२८ भागमा उनले रस्साकस्सी गफगाफमा व्यास्त मानिस भएको ठाउँमा आएर भाड्ने काम गरेका छन् । साप्ताहिक प्रशारण भईरहेको सिरियलमा आगामी भागमा कस्तो रोल हुन्छ भन्ने टुंगो नलागेपनि अबका भागहरुमा आफ्नो धमकेदार प्रस्तुती रहने कलाकार योगिनले बताए । योगिनले हाक्का–हाक्कीका अलवा ठूलो पर्दाको चलचित्र ‘जय श्री दाम’ साईलेन्स कमेडी मुभि ‘मुखिया’ लगायतमा अभिनय गरीसकेका छन् । उनी पुर्ब सञ्चारकर्मी पनि हुन् ।

को हुन् योगिन ?
रुपाकोट मझुवागढी नगरपालिका बाम्राङ तीनका स्थायी वासिन्दा बाबा हर्कराज राई र आमा यशोदा राईको एकमात्र छोरा हुन् योगिन राई । २०५० सालमा जन्मिएका योगिनले २०६५ सालमा सरस्वती माविबाट प्रबेशिका परिक्षा उतिर्ण गरेका हुन् ।

दिक्तेल बहुमुखी क्याम्पसबाट उच्च शिक्षा शुरु गरेका कलाकार योगिनले गाउँ, शहर, विद्यालय , क्याम्पस तथा विविध साँस्कृतिक कार्यक्रममा आफ्नो कला देखाउँथे । आफुमा भएको कलालाई अझै देखाउन आतुर उनले २०७३ सालबाट जिल्लामा काम गरीरहेको एफएम छोडेर कलाकारितामा भविष्य खोज्ने काठमाण्डौ छिरे ।

२४ वर्षिय युवामा भएको जोशजागर देखेर जिल्लामा पनि उनलाई भविष्यका होनाहार कलाकारको उपनाम दिईने गरिन्थ्यो । दिक्तेल बहुमुखी क्याम्पसमा बिए अध्ययनलाई थाँती राखेर दुईवर्ष अगाडी राजधानी छिरेका योगिनले एभरेष्ट फिल्मी एकेडेमी, कान्तीपुर फिल्मी एकेडेमीमा अभिनय सम्बन्धी कोर्ष अध्ययन गरे । अभिनयमा कान्तीपुर फिल्मी एकेडेमीबाट गत कातिकमा डिप्लोमा कोर्ष सकेका योगिनले साईलेन्स कमेडी मुभि मुखिया, ठूलो पर्दाको चलचित्र ‘जय श्री दाम, बुढासुब्बा म्युजिक सेन्टरले प्रशारण गर्ने वेभ सिरियल ‘वेलकम टु माई होम, काटकुट, अलपत्र जस्ता सिरियल गरेका छन् । भ¥र्याङ नाट्य समुहका संस्थापक तथा कोषाध्यक्षसमेत रहेका योगिन मिलनसार स्वभावका ब्यक्ति छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *