हङकङमा “सुमुधुर सांगीतिक सौगात साँझ २०१७” सम्पन्न

हङकङ,१२ मंसिर – हङकङमा “सुमुधुर सांगीतिक सौगात साँझ २०१७” सम्पन्न भएको छ । चाँगे धर्ती-आमा कोष संस्था हङकङको आयोजनामा सम्पन्न कार्यक्रम, आर्थिक अभावमा छट्पटाई रहेका बिरामीहरुको पुनर्जीवनमा सहयोग पुर्याउने हेतुले आयोजना गरिएको हो । याउमातेई स्थित हेनेरी जि ल्योङ कम्युनिटी हलमा आयोजित कार्यक्रममा वरीष्ठ संगीतकार शम्भुजित बास्कोटा, चर्चित नायिका केकी अधिकारी,नेपाल अाइडल प्रतिस्पर्धी केन्जल मेहेर श्रेष्ठ, हास्यकलाकार शेर बहादुर गुरुङ र गायिका प्रकृती थलङ्को प्रस्तुती रहेको थियो । कार्यक्रममा आकर्षण बनेका बास्कोटाले आफ्ना आधा दर्जन गीतहरु गाएका थिए भने बास्कोटालाई केन्जल मेहर श्रेष्ठ र प्रकृति थलङ्ले साथ् दिएका थिए । गतसाल पनी यो संस्थाले यस्तै कार्यक्रम गरेर आर्थिक अभावमा छट्पटाई रहेका बिरामीहरुलाई ९ लाख भन्दा धेरै आर्थिक सहयोग गरेको थिए ।

कार्यक्रममा बिगत लामो समयदेखि नेपाली गीत-संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान दिएर नेपाली गीत -संगीतलाई माथी उकास्न महत्वपूर्ण भूमिका खेलेका वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई सम्मान पत्र द्वारा सम्मानित गरिएको थियो । बास्कोटालाई संस्थाका अध्यक्ष भन्द्रकला राईले पुष्पगुच्छा र ढाका टोपी ओढाएर समान गरेकी थिइन् भने प्रमुख प्रायोजक सुमन आलेले सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रमलाई ईन्द्र लोक्समले सन्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *