स्नातक तह प्रथम वर्षको आउँदो शनिबारको परिक्षा सर्‍यो

काठमाडौं १३ भदौ – त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह प्रथम वर्षको आउँदो शनिबार परेको परीक्षा भदौ ३१ गतेलाई सारिएको छ ।

आइतबारदेखि सुरु भएको स्नातह तह प्रथम वर्षको सबै संकायको भदौ १७ गतेको परीक्षा ३१ गतेका लागि सारिएको हो ।
१७ गते शनिबार बकर इद परेकाले ३१ गतेका लागि सारिएको परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ ।

यसअघि ४ गते परेको परीक्षा बाढी पहिरोको कारण देखाउँदै १७ गते शनिबारका लागि सारिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *