स्टेफन हकिङ

ईन्द्र जिजीबिषा / सन् १९४२ को ८ जनवरीमा आमा स्कटिशको कोखबाट अक्सफोर्ड , इङ्गल्याण्ड जन्मिएका स्टेफन हकिङको मृत्यु १४ मार्च २०१८ (उमेर ७६) बर्षको उमेरमा क्याम्ब्रिज , इङ्गल्याण्ड भएको थियो । स्टेफन हकिङ विश्व चर्चित वैज्ञानिक तथा ‘ब्ल्याक होल’ र सापेक्षतासम्बन्धी सिद्धान्तका प्रतिपादक थिए । बुधबार बेलायतको क्याम्ब्रिजस्थित आफ्नै घरमा निधन भएको हकिङको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’लगायतका विज्ञानसँग सम्बन्धित थुप्रै पुस्तकहरु चर्चित छन् ।

सेन्ट अल्बान स्कूल, हर्टफोर्डशायर बाट शिक्षा लिएका उनले ओक्सफोर्ड बाट बीए र क्याम्ब्रिज विश्वविद्यालय बाट एमए , पीएचडी गरेका थिए ।पत्रकार तथा उपन्यासकार लुसी ह्वाकिंग सहित उनको ३ सन्तानहरु छन् ।

अल्बर्ट आइन्स्टाइन र सर आयज्याक न्युटनपछिका ठूलो वैज्ञानिक मानिएका स्टेफन, एडम्स पुरस्कार -१९६६ ,एडिंगटन मेडल -१९७५ ,मैक्सवेल पदक र पुरस्कार १९७६ ,हेइनम्यान पुरस्कार १९७६ ,ह्यूजेस मेडल १९७६ ,अल्बर्ट आइंस्टीन पुरस्कार १९७८ ,आर ए एस गोल्ड मेडल १९८० ,Dirac Medal -१९८७ ब्वाँसो पुरस्कार १९८८,अस्टुरियस अवार्ड प्रिंस १९८९,एन्ड्रयू मिथुन पुरस्कार १९९८ ,नायेल पुरस्कार र व्याख्यान १९९९,लिइसेनफेल्ड पुरस्कार १९९९ , अल्बर्ट मेडल (रयल सोसायटी अफ आर्ट्स) १९९९ , Copley Medal -२००६ , राष्ट्रपति पदकको स्वतंत्रता -२००९ ,मौलिक भौतिकी पुरस्कार -२०१२  बीबीवीए फाउंडेशन फ्रंटियर अफ अवार्ड अवार्ड -२०१५ लगायत थुप्रै पुरस्कारबाट पुरस्कृत भएका थिए ।

शारारिक अपाङ्गता रहेका स्टेफन हकिङ क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हान्ड विज्ञान केन्द्रका शोध निर्देशक थिए भने उनैले ब्ल्याक होल पत्ता लगाएका थिए ।स्टेफन हकिङ ह्वीलचेयरमा हिँड्डुल गर्थे । उनी ‘भ्वाइस सिन्थोसाइजर’को सहारालेमात्र बोल्न सक्दथे ।

‘मानवताको भविष्यका लागि हामीले अन्तरिक्षमा जाने सिलसिला जारी राख्नुपर्छ । हामी यो संवेदनशील ग्रहमा अर्को एक हजार वर्षभन्दा बढी जीवित रहन सक्नेछैनौं” भन्ने दावी गर्ने स्टेफन हकिङ पारमाणविक युद्धको जोखिम र विश्वव्यापी जलवायु परिवर्तनले पृथ्वीको आयुमा चुनौती थपिरहेको बताउने गरेका थिए । ‘मानवजातिलाई यसबाट जोगाउने एकमात्र उपाय भनेको अर्को बस्नयोग्य ग्रह पत्ता लगाउनु हो’ उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *