सेक्स एउटा मनोरञ्जनको साधन हो – रक गायिका सरस्वती लामा (भिडियो सहित)

ईन्द्र जिजीबिषा / सोलुखुम्बुको दुधकुण्ड गाउँपालिकामा जन्मिएर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो अलग पहिचान बनाउन सफल गायिका हुन् सरस्वती लामा । उनलाई नेपाली गीत-संगीतको क्षेत्रमा रक गायिका भनेर पनि चिन्ने गरिन्छ ।

सानै उमेरदेखि गीत गाउने रुचि उनमा थियो । सोलुखुम्बुको गाउँमै आफ्नो बाल्यकाल बिताएकी लामाले, आफू सानो छदा, गाउँमा घाँस,दाउरा,मेला-पात, हाट-बजार गरेको बताउछिन् । आफ्नो जिवनमा बाल्यकालको केहि समय सोलुखुम्बुमै बिताएपछि काठमाडौ छिरेकी लामाले आजसम्म काठ्माडौमै रहेर नेपाली गीत-संगीतको क्षेत्रमा अनवरत लागि रहेकी छन् ।

बाजे ब्रिटिस लाहुरे, बाउ पनि ठूलै ठेकदार भएकोले लामाले आफ्नो जिवनमा आर्थिक संकट झेल्नु परेन । काठमाडौ आएपछि अध्ययनको अलावा उनले संगीत सिक्न सुरु गरिन् । पहिले फ्युचर कल्चरमा संगीत सिकेकी उनले पछि गुरुदेव कामत संग गुरुकुलमा संगीत सिकिन् । लामाले संगीतमै मास्टर सम्मको अध्ययन सकेकी छन् ।

हाम्रो समाजमा, जहिले पनि सकारात्मक कुराको भन्दा नकारात्मक कुराहरुको चर्चा परिचर्चा बढि हुने गर्दछ । सरस्वती लामा उनि आफैमा एक रक गायिका हुन् । रक गायिकाको नाताले उनि केहि भल्गर छिन् । यसैकारण उनको कुरा काट्नेहरु पनि छन् । यद्यपि, नेपाली समाज हिजो भन्दा आज यो मामिलामा खुल्दै गईरहेको छ ।

सरस्वती लामा एक समाजसेवी पनि हुन् । केहि समय अगाडि सर्लाहीको सुकुम्वासी गाउँमा गएर जाडोमा न्यानो लता कपडा वितरण गरेकी थिईन् । केहि सामाजिक संघ संथामा समेत आवद्ध लामा साच्चिकै एउटा खुल्ला किताब जस्तै छिन् । उनि आफू बाहिर जे बोल्छिन् सफा र स्वच्छ मनले बोल्छिन् ।

सांगीतिक कार्यक्रमको शिलसिलामा देश परदेश पुगी सकेकी लामाको ३ दर्जन भन्दा धेरै गीतहरु रेकर्ड भईसकेको छ । लामाको “उर्वसी” नामक गीति एल्बम बजारमा आईसकेको छ । यहि “उर्वसी” एल्बम भित्र रहेको “उडि जाने हावाले” बोलको गीत निक्कै चर्चामा रहेको थियो ।
गीत रेकर्डमा व्यास्त रहेकी रक गायिका संग गरिएको केहि अन्तरंग कुराकानी भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *