सुविका राईको ‘आधी बाटो हिंड्दा हिंड्दै तिम्रो साथ छोडें’ बोलको गीत सार्वजनिक

माघ १८ काठमाडौ, धनकुटा मुगाकी गायिका सुविका राईको ‘आधी बाटो हिंड्दा हिंड्दै तिम्रो साथ छोडें’ बोलको गीत सार्वजनिक भएको छ । आफ्नो सुरिलो स्वरको कारण नै नेपाली गीत-संगीत प्रेमी स्रोताहरुको मनमा बस्न सफल भएकी छिन् सुविका राई ।
आशा राईको शब्द रचना अनि बरिष्ठ कलाकार कृष्ण भक्त राईको संगीत रहेको उक्त गीत भर्खरै सार्वजनिक गरेकी हुन् । यो गीतको एरेन्ज कृष्णभक्त राई र डीजे अकिलले गरेका छन् भने क्यामेरा,सम्पादन र निर्देशन खगेन्द्र पन्धाकले गरेका छन् ।
म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *