(केस्रा) अनुरोध
केही न केही त बोल्नुपर्छ
मनको कुरा नि खोल्नुपर्छ
सदाचारको पानीमा अब
मायाको रंग नि घोल्नुपर्छ
हाँसी खुशी साथ बोल्नुपर्छ
आएको जोखिम मोल्नुपर्छ।
प्रकृति
(केस्रा) अविस्वास
मन छ मलाई नि यसरी बोल्नु
मन मिल्नेसित यो मन खोल्नु
बिस्वास पो लागेन खासै तिम्लाई
खोइ के मायाको रंग पनि घोल्नु
सदाचारको कुरा पनि छ बोल्नु
म त लागेको छु तेसै तेसै टोल्नु ।
# सगर
(केस्रा) चाहना
कायम राख्न साकौ सदाचार
बुझ्नु छ हामीले कुराको सार
दोधारमा पर्नु हुन्न कहिल्यै
हुनुपर्छ नि कि वार कि पार
निभाउऔ कुशल सदाचार
फैलिन नदिऔ कुनै नि झार।
#प्रकृती
( केस्रा) भाइचारा
लायौं न त सदाचारको नारा
कुराको सार यो बुझेर सारा
दोधरमा नपरी बढी अघि
यो वार कि पारको भाईचारा
लगाऔं प्रेम र शान्तिको नारा
मानेर एक अर्कालाई प्यारा !
#सगर
(केस्रा)आश्वासन
सबैभन्दा ठुलो कुरा हो मन
कमाऔ हामीले मायाको धन
अनि त कति सुन्दर हुनेछ
तिम्रो मेरो भौतिक जीवन
दोधार नपार्नु कहिले मन
कायम राखौला नि आफ्नोपन।
#प्रकृति
(केस्रा) लक्ष्य
ठूलो मन भएकैछ हाम्रो नि
माया-धन कमाउनु राम्रो नि
जति सुन्दर पारिनेछ मन
सुखी जीवनमा कसौ काम्रो नि
एउटै लक्ष होवस यो हाम्रो नि
यो योजना नबनोस चाम्रो नि ।
#सगर
(केस्रा) मनोकांक्षा
कुरा भन्दा राख्नेछौ ब्यवहार
तरेर पनि आएको जङ्घार
हातेमालो गरौ हर काममा
पालेर सकारात्मक बिचार
चुक्ने छैन है हाम्रो ब्यवहार
लगाएको छौनि चोखो प्यार।
#प्रकृति