सुन तस्करी प्रकरणः सिआइबीद्वारा ५० जनाविरुद्ध मुद्दा दायर

२७ भदौ, काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन तस्करी प्रकरणमा अमला रोकासहित ५० जनालाई पक्राउ गरेको छ ।

तीमध्ये ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् । सिआइबीले बुधबार सुन तस्करी प्रकरणको छानबिन प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस गर्ने भएको छ । यसअघि एसपी कृष्ण पंगेनीले पत्रकार सम्मेलन गरी माओवादी केन्द्र आबद्ध रोल्पा–काठमाडौं सम्पर्क मञ्चका पूर्व उपाध्यक्ष अमला रोका पनि प्रतिवादी रहेको खुलासा गरेका थिए ।

सुन तस्करीमा संलग्न समूहले ब्रेकसुजमा सुन लुकाएर सोही विधि अपनाएर करिब ३ सय किलो सुन तस्करी गरेको पनि सिआइबीले निष्कर्ष निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *