सुनिता थेगिमको “मेरो प्यारा आउ है फर्केर” सार्वजनिक (भिडियो सहित)

ईन्द्र जिजीबिषा / काठमाडौ ८ असोज- “मेरो प्यारा आउ है फर्केर” बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समयमा सफलताको शिखर चढ्दै गरेकी सुरिलो स्वरको धनि गायिका सुनिता थेगिमको स्वर र अहिलेका चर्चित संगीतकार डिआर अटुको शब्द तथा संगीतमा रहेको यो गीत सार्वजनिक भएको हो । संगै ज्युने मर्ने कसम खाएर वैवाहिक सम्बन्धमा गासिए पनि विविध कारणले परदेशिनु बाध्य बनेको आफ्नो श्रीमानलाई सम्झेर भक्कानिदै यो गीतमा भनिएको छ “मेरो प्यारा आउँ है फर्केर, खाउला बरु मेला पात गरेर” ।

अत्यन्तै कारुणिक भावमा बनेको यो गीतको शब्द,संगीत तथा स्वर सबै नै उत्कृष्ट रहेको छ । उता परदेशमा संदेश गिटि र वालुवा संग पैठेजोरी खेली रहदा यता संदेश संगै बिताएका पलहरु सम्झिदै सारिकाले विरही भाकामा यो गीत गएकी छिन् । सुनिता थेगिम र डिआर अटुको गीति एल्बम “कथा”मा रहेको यो गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन् ।

यो गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । यो गीतको म्युजिक भिडियोलाई अर्जुन सापकोटा र उनको टिमले छायांकन गरेका हुन् भने अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् । रमेश संग्रौलाले निर्देशन गरेको यो गीतको म्युजिक भिडियोमा संदेश लामिछाने र सारिका केसीले अभिनय गरेका छन् ।

यो गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *