सुनसरीको भोक्राहामा संघिय समाजवादी र नया शक्ति पार्टी नेपाल विजयी

इनरुवा, १९ असार- सुनसरीको भोक्राहा गाउँपालिकाको अध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपालका महेन्द्रप्रसाद यादव विजयी भएको छ । आज बिहान घोषणा गरेको नतिजाअनुसार यादवले नेपाली काँग्रेसका अजमल अख्तर अजादलाई एक हजार ५३५ मत अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।

यादवले तीन हजार ५२८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अजमल अख्तर अजादले एक हजार ९९३ मत प्राप्त गरेको निर्वाचन अधिकृत पीताम्बर गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी उपाध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपालकै पुनम मेहता विजयी भएको छ । मेहताले तीन हजार ३४३ मत ल्याई विजयी भएका हुन् ।
मेहताले काँग्रसकी अञ्जु मेहतालाई एक हजार ३८ मत पछी पार्दै जित हासिल गरेका हुन् । अञ्जुले दुई हजार ३०५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *