सुनथराली विमानस्थलमा ३१ वर्षपछि शनिबार देखि विमान सेवा सुरु

माघ २९ कालिकोट,कालिकोटको कोटवाडामा रहेको सुनथराली विमानस्थलमा ३१ वर्षपछि शनिबार देखि विमान सेवा सुरु भएको छ । तारा एयरको विमान शनिबार पहिलो पटक सुनथाराली विमानस्थलमा अवतरण भएको हो । २०४२ सालमा निर्माण कार्य सुरु गरिएको विमानस्थल ३१ वर्षा पछि संचालनमा ल्याईएको हो ।

तल्कालिन नेकपा माओवादीले चलाएको जनयुद्धका कारण २०५८ सालमा माओवादी भएको आशंकामा विमान स्थलमा काम गरिरहेका ३५ जना मजदुरलाई नेपाली सेनाले हत्या गरेको थियो । जसमध्ये लालबहादुर कठायत, भीमबहादुर कठायत, गोर्खे कठायत, गणेश विष्ट, टेक विष्ट र गंगा विष्ट कोटवाडाकै स्थानीय बासिन्दा हुन् । विमानस्थाल सञ्चालनमा आउँदा आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्ने भन्दै स्थानीय बासिन्दा उत्साहित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *