सुनको भाउ तोलामा २ सय रुपैयाँले घट्यो

२३ भदौ, काठमाडौँ : यो साता नेपाली बजारमा सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ ।

गत शुक्रबार बजारमा हलमार्क गरिएको राम्रो सुनको मूल्य प्रतितोला ११२ हजार ५ सय रुपैयाँ थियो । यो शुक्रबार घटेर १ लाख १२ हजार ३ सय रुपैयाँ पुगेको सुनचाँदी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य आज शुक्रबार प्रतितोला १११ हजार ७५० रुपैयाँ रहेको छ । यो साता चाँदीको भाउ पनि घटेको छ ।

अघिल्लो साताको तुलनामा प्रति तोला ६५ रुपैयाँले घटेको हो । चाँदीको भाउ एक हजार ४७० रुपैयाँ रहेकोमा शुक्रबार प्रतितोला १ हजार ४ सय ५ रुपैयाँ पुगेको छ । यो नोट गर्न महत्त्वपूर्ण छ कि एक तोला 11.66 ग्राम बराबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *