ज्ञानु श्रेष्ठको चलचित्र “सुत्केरी” छायाङ्कनको अन्तिम चरणमा, चलचित्र युनिट रुकुम हुदै हेटौडामा

romiyanकाठमाडौ ७  बैशाख,नेपाली चलचित्र “सुत्केरी”को छायांकन अन्तिम चरणमा पुगेको छ । ज्ञानु श्रेष्ठको पहिलो प्रस्तुती “सुत्केरी” जीएस इन्टरटेन्मेण्टको ब्यानरमा निर्माण भईरहेको चलचित्र हो ।

रुकुमको अति बिकट ठाउँहरुमा एक महिना छायांकन गरेर हेटौडामा चलचित्रको अन्तिम छायांकन भईरहेको चलचित्र “सुत्केरी”का नायिका रोमियन लिम्बुले नाव नेपाललाई जानकारी दिईन् । चलचित्र “सुत्केरी” नारि प्रधान चलचित्र हो ।

बिकट ठाउँ, ग्रामिण जनजीवनमा जँहा अस्पतालको पहुँच हुदैन, त्यहाँका सुत्केरी महिलाहरुले भोग्नु परेको पीडाहरुलाई चलचित्रमा मुख्य विषयवस्तु बनाईएको छ ।

चलचित्र “सुत्केरी” किशोर खतिवडाको डेब्यु निर्देशन रहेको छ । किशोर खतिवडा, प्रकाश खत्री,रोमियन लिम्बुको मुख्य भूमिका रहेको चलचित्रलाई ज्ञानु श्रेष्ठ, राजेन्द्र गौतम र प्रकाश खत्रीले निर्माण गरेका हुन् ।

उक्त चलचित्रमा कमल राईको नृत्य निर्देशन र मदन घिमिरेले छायांकन  गरेका छन् भने, द्वन्द निर्देशनमा रोशन भोटे रहेका छन् । चलचित्रमा देशभक्त खनाल,सपना श्रेष्ठ,शेरबहादुर गुरुङ, शरु दाहाल लगायत अन्य कलाकारहरु रहेकाले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *