सीके राउतले हिरासत बाटै उत्पात मच्यायो

माघ २३ काठमाडौ,सीके राउतले प्रहरी हिरासतबाटै उत्पात मच्चाइरहेका छन् । राज्य विरुद्ध संगठित अपराध गरेको आरोपमा पक्राउ परेका राउतले हिरासतमै रहेको बेला समाजिक संजालको व्यापक प्रयोग गरी आफ्नो अभियानलाई चलाइरहेका हुन ।

हिरासतमा रहेका व्यक्तिलाई मोबाइल लगायत कुनैपनि सामग्री चलाउन नदिइने नियम भएको भएपनि उनको फेशबुक, ट्वीटर हरेक घण्टामा अपडेट भइरहेको छ । तर प्रहरीले भने सीके राउतलाई अरु सरह नै हिरासतमा राखिएको र मोबाइल लगायत कुनैपनि विद्युतीय सामग्री चलाउन नदिएको दावी गरेको छ ।

उनलाई हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी राजकुमार केसीले उनको ट्वीटर अरु कसैले चलाइरहेको हुन सक्ने बताएको छ ।

राउतको संगठन स्वतन्त्र मधेश गठबन्धनका सह–संयोजक कैलाश महतोले भने राउतको ट्वीटर चलाउनेलाई प्रहरीले कारवाही गर्नुपर्ने बताएका छन् । कतिपय अवस्थामा प्रहरीले मोबाइल राखेर उनीहरुलेनै अपडेट गरिदिने गरेको आरोप पनि उनले लगाएका छन् ।

विहीबार जनकपुरबाट पक्राउ परेका राउतलाई राति नै सिराहा ल्याएर प्रहरीले अनुसन्धानका लागि जिल्ला अदालत सिराहाबाट १० दिनको म्याद पनि थपेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *