सिरहामा विमानस्थल र ट्रमा सेन्टर निर्माण गर्न आफूले पहल गर्ने,प्रधानमन्त्री

कार्तिक १३ काठमाडौं , प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहामा विमानस्थल र ट्रमा सेन्टर निर्माण गर्न आफूले पहल गर्ने वताउनुभएको छ ।
प्रधानमन्त्री सभासदमा निर्वाचित हुनुभएको सिरहा क्षेत्र नं ५ को एक प्रतिनिधि मण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले उक्त जानकारी दिनुभएको हो । प्रधानमन्त्रीले सिरहा जिल्लाकै विकास निर्माणका लागि आफूले विभिन्न योजनाहरु अघि सारेको वताउँदै क्षेत्र नं ५ मा पूर्वको सिरहा, सप्तरी, उदयपुरलगायतका जिल्लालाई पायक पर्ने गरी एक विमानस्थलको निर्माण तथा पूर्व पश्चिम राजमार्गमा अत्याधुनिक सुविधासहित ट्रमा सेन्टर स्थापना गर्न पहल गर्ने वताउनु भयो । उहाँले सिरहामा खानेपानी, सडक, कृषि, स्वास्थ्य चौकी, क्याम्पस आदिका लागि पनि आफूले पहल गरेको जानकारी दिनुभयो ।
पूर्वमन्त्री विश्वनाथ शाह, क्याप्टेन देवकुमार लामासहितको प्रतिनिधि मण्डलले सिरहाको विकास निर्माणमा ध्यान दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *