सिन्धुपाल्चोकमा अग्नि सापकोटा र पशुपति शम्सेर राणाको अग्रता

सिन्धुपाल्चोक २१ मंसिर – सिन्धुपाल्चोकको प्रारम्भिक मत गणना अनुसार क्षेत्र १ मा वाम गठबन्धनले अग्रता लिएको छ भने दुई मा लोकतान्त्रिक गठबन्धन अगाडि छ ।

१ मा वाम गठबन्धनबाट माओवादीका अग्नि सापकोटाले १५०३ मत पाएका छन् भने कांग्रेसका मोहनबहादुर बस्नेतको ६४६ मत पाएका छन् । २ मा लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका पशुपतिशम्शेर राणाले ५४३ मत पाएका छन् । उनलाई पछ्याइरहका एमालेका शेरबहादुर तामाङको ४२३ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *