सिडी विजय अधिकारिको “समयले मलाई” सार्वजनिक

काठमाडौ २२ भदौ- गायक सिडी विजय अधिकारिको स्वर रहेको “समयले मलाई” गीतको म्युजिक भिडियो युटुव मार्फत सार्वजनिक भएको छ । गीतमा सुमन कार्किको सब्द र सरोज प्याकुरेलको संगीत रहेको छ ।

भिडियोमा अर्विन कोइराला, कृष्टि शर्मा, जगदिश जोशी, अपेक्क्षा ढुंगाना र बालकृष्ण पोखरेलको अभिनय रहेको छ । जीवनमा धेरै कुराबाट धोका पाएका अरविन भिडियोमा दुईटी प्रेमिकाले दिएको धोकाबाट पागल भएर पिडाले छटपटिदै हिडेका छन् । भिडियोको सुरु देखि अन्त सम्म वियोगान्त छ ।

पछिल्लो दिन निकै चर्चामा रहेका गायक सिडी विजय अधिकारीको यो गीत वियोगान्त गीतहरुको सुचिमा निकै अगाडी आउने गायक स्वयं बताउछन् । गीतकार सुमन कार्किको शब्दमा यो भन्दा अगाडी पनि मोडल अर्बिन कोइराले अभिनय गरेका थिए भने संगीत र भिडियो निर्देशन पनि सरोज प्याकुरेलकै रहेको थियो ।

आफैसँग बोलको उक्त गीत लगायत धेरै वटा गीतमा अभिनय गरिसकेका अर्विनले पछिल्लो भिडियोमा निकै उत्कृष्ट अभिनय गरेका छन् ।
यो गीतको म्युजिक भिडियो हेर्नलाई यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *