सिआइबीले तस्करी मुद्दामा रुक्मिना सुब्बालाई प्रतिवादी नबनाउने

२७ भदौ, काठमाडौँ : ६० केजी ७१६ ग्राम सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले रुक्मिना सुब्बासहित ६ जनालाई प्रतिवादी नबनाउने निर्णय गरेको छ ।

ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाउँदै छ जना प्रतिवादीलाई कारबाही नगर्न सुझाव दिएको छ । राजस्व अनुसन्धान विभागले भन्सार एजेन्ट रुक्मिना सुब्बालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । तर, उच्च अदालत पाटनको आदेशले साउन २६ गते रिहा भएको थियो ।

प्रहरीले सुनसहित पक्राउ परेका ट्याक्सी चालक अशोक लामालाई मुद्दामा प्रतिवादी नबनाउन पनि सुझाव दिएको छ । त्यसैगरी सिआइबीले राजन श्रेष्ठ, भन्सार कार्यालयका कर्मचारी शिरधर टण्डन, कमल परियार र सुरेन्द्र तामाङलाई मुद्दामा प्रतिवादी नगर्न पनि सिफारिस गरेको छ । सुरेन्द्र उर्फ ​​नरेशले तस्करलाई गोदाम फेला पार्न सघाएको अनुसन्धानबाट खुलेको छ । माथि उल्लेखित ६ जना मध्ये ५ जना अझै हिरासतमा छन् । मुद्दामा रुक्मिनालाई मात्रै रिहा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *