साउदी अरबमा दिउसो काम गर्न प्रतिबन्ध

साउदी २७ जेठ-साउदी अरेबियाले दिउँसोको १२ बजे देखि ३ बजे बिचको समयमा खुल्ला आकाशमुनि काम गर्न नपाउने नियम लागु गरेको छ । दिउँसोको समयमा घाम निकै चर्को लाग्ने र त्यसले कामदारको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै साउदी सरकारले उक्त नियम लागु गरेको हो ।

यो नियम यहि जुन १५ अर्थात आउँदो असार १ गतेदेखि लागु हुने बताईएको छ । साउदीको श्रम तथा सामाजिक विकास मन्त्रालयका अनुसार कामदारको सुरक्षालाई ध्यानमा राखि काम गर्ने स्थानमा हुने दुर्घनालाई न्युनिकरण गर्नका लागि यस्तो नियम ल्याइएको हो ।

मन्त्रालयले रोजगारदाता सबैलाई यो नियम अनिवार्य पालना गर्न आग्रह गरेको छ । यो नियम सेम्टेम्बर १५ अर्थात आउँदो भदाै ३० गतेसम्म लागु हुनेछ । यो अवधिमा गर्मी धेरै हुने भएकाले यस्तो नियम ल्याइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *