समाचार संकालनार्थ पुगेका पत्रकार राई पक्राउ, मापसे गरेका मृतक लामाको आफन्तले गरे, प्रहरी चौकी तोड़फोड़

मंसिर २६ काठमाडौ, काठमाडौको बौद्ध जोरपाटी नयाँवस्तिस्थित तामांग गुम्बा नजिक रहेको प्रहरी चौकी आगजनी भएपछि त्यहाँ समाचार संकलनार्थ पुगेका एकजना पत्रकारलाई प्रहरीले गिरफ्तार गरेको छ ।

मोबाईल पाटी अनलाईन न्युजको संबाददाता शान्तिराज राईलाई आगजनी भएको स्थलमा सीसी टीभी फुटेजले घटना भएको बेलामा देखाएको संकास्पद ब्याक्तिहरुलाई प्रहरीले नियन्त्रण गरेर ल्याउदै गरेकोबेला घटना स्थलमा फोटो खिचीरहेको अवस्थामा पत्रकार शान्तिराज राईलाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ । राईलाई अहिले महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ ।

प्रहरीले जनाए अनुसार, शनिबार राति अत्याधिक मादक पदार्थ सेवन गरी बाटोमा बेहोस अवस्थामा भेटिएका दोलखा चरिकोट स्थाईघर भई काठमाडौमा बसेर ट्याक्सी चलाउने अन्दाजी बर्ष ३६को राजकुमार लामालाई पहिले अत्तरखेलस्थित अस्पताल लागिएको र पछि फेरी एनएमसी हस्पिटल लैजाँदै गर्दा मृत्यु भएको थियो । तर, स्थानीयले भने मापसे कारबाहीमा पक्राउ परेका दोलखाका ट्याक्सी चालक लामाको प्रहरी कुटाइबाट मृत्यु भएको दाबी गरेका छन् ।

मृतकका आफन्तहरुले आइतबार विहान ११ बजे तीर प्रहरी चौकी घेराउ गरी तोडफोड र आगजनी गरेका थिए । आगजनीमा प्रहरी परिसरमा रहेको चार वटा मोटर साइकल, टेलिभिजन, फर्नीचर, प्रहरी वीटको सिसाको झ्याल तोड़फोड़ गरेर नष्ट गरिदिएको छ ।

स्थानियको आक्रमणबाट नयाँबस्ती विटका सइको आँखामा चोट लागेको छ । अहिले पनि घटना स्थलमा सुरक्षाकर्मीहरु तैनाथ छन् । प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा २२ जना भन्दा धेरैलाई नियन्त्रणमा लिइएको छ । प्रहरीको अनुसार पक्राउ परेकाहरुलाई अनुसन्धान पछाडि निर्दोषहरुलाई छाडिने र दोषीलाई कारबाही गरिने भएको छ ।

 

फोटो प्रकाश रानामगरको फेसबुक

Leave a Reply

Your email address will not be published. Required fields are marked *