सभामुखमा कृष्णबहादुर महराको उम्मेद्वारी

काठमाडौ, २५ फागुन – नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सभामुखका लागि उम्मेद्वारी दर्ता गराएका छन् । राष्ट्रपतिको
निर्वाचनमा उम्मेद्वारी दिएको नेपाली कांग्रेसले सभामुखमा उम्मेद्वारी नदिएर आँफूलाई सहयोग गरेको महराले बताएका छन् ।

प्रतिनिधि सभा सभामुखको निर्वाचनका लागि उम्मेद्वारी दर्ता गरेपछि संचारकर्मिसँग संक्षिप्त कुराकानी गर्दै महराले सो कुरा बताएका हुन् । सभामुखमा निर्वाचित भएपछि संविधान कार्यान्वयनका लागि कानुन निर्माण अाफ्नो पहिलो प्राथमिकता भएको समेत उनले बताएका छन् । देब गुरूङ प्रस्तावक र सुवास नेम्वाङको समर्थनमा उनले मनोनयन दर्ता गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *