सदिपले नचाए सारिका र एन्टिनालाई (भिडियो सहित)

शान्तिराज राई– काठमाडौ १० साउन-गायक सदिप समर्पन राईको पप गीत एन्टीना सार्वजनिक भएको छ । केही समयअघि सार्वजनिक भएको कमेडी पप गीत “एन्टीना” राईको पहिलो रेकर्डेड गीत हो ।

गायक राईलाई यो गीतमा गीता राईले गायनमा साथ् दिएकी छन् । शब्द रचना श्रीकृष्ण लुइँटेलको रहेको यो गीतमा नेत्र काफ्लेको संगीत रहेको छ भने भुवन प्रकाश बाबुको एरेन्ज रहेको छ ।

यो गीतको म्युजिक भिडियो पनि बनेको छ, यो गीतको म्युजिक भिडियोमा एन्टीना र सारिकाले अभिनय गरेका छन् । महेन्द्र थापाले छायांकन गरेको उक्त म्युजिक भिडियोमा विश्वास भण्डारीको सम्पादन, रोहित प्रधानको सह निर्देशन र घनश्याम तिमल्सिनाको निर्देशन रहेको छ ।

यो गीतको म्युजिक भिडियो हेर्नलाई यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *