संविधान संशोधन प्रस्ताव संसदबाटै पारित हुन्छ :प्रधानमन्त्री

पौष ३ विराटनगर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैधानिक सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव संसदबाटै पारित हुने बताएका छन् ।

आइतबार   बिहान  विराटनगर   विमानस्थलमा  प्रेस  सेन्टर मोरङद्वारा  आयोजित  पत्रकार  सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएको हो । प्रधानमन्त्रीले संसदमा दर्ता भएको प्रस्तावलाई पारित गर्ने या परास्त गर्ने भन्ने विषय संसदको कुरा भएको भन्दै कोही कसैले गैर संसदीय र गैर लोकतान्त्रिक चरित्र प्रदर्शन गरेर संसद अवरुद्ध पार्नु नहुने स्पष्ट परेका छन् ।

एमालेले जति छिटो अवरुद्ध संसद खुलाउँछ त्यति चाँडै वर्तमान गतिरोधको अन्त्य हुने बताउँदै प्रधानमन्त्रीले राजनीतिक प्रक्रियामा लोकतान्त्रिक विधिको अभ्यास गर्ने थलो संसद नै भएको कुरामा जोड दिए । संविधान संशोधन प्रस्ताव, लोकमानसिंह कार्की विरुद्ध लागेको महाअभियोग प्रस्ताव तथा निर्वाचनको मिति तय गर्न सरकारले प्रमुख प्रतिपक्षसँग समेत सहमति गर्न चाहेको प्रधानमन्त्रीले प्रष्ट परेका छन् ।
स्थानीय तहको निर्वाचन नभई केन्द्रीय संसदको निर्वाचन नहुने बताउँदै प्रधानमन्त्रीले केन्द्रीय संसदको चुनाव गराउँ भन्दै संविधानमै नभएको विषय ल्याएर एमालेले वितण्डा मच्चाउन खोजेको बताए। पहिले संसदको केन्द्रीय निर्वाचन गर्नुपर्छ भन्ने विषयमा गम्भिर षड्यन्त्र लुकेको भन्दै,यदि त्यस्तो गर्नुपर्छ भनेर जोड गर्नु भनेको संविधानलाई असफल बनाउने खेल हुने दाबी प्रधानमन्त्रीले गरेका छन् ।
प्रधानमन्त्री माओवादी केन्द्रको १ नं. प्रदेशको बैठकमा सहभागी हुन आज विराटनगर पुगेका हुन । प्रधानमन्त्री आजै साझ राजधानी फर्कने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *