चैत्र २ काठमाडौ, संघीय समाजवादी फोरम नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । संविधान संसोधनको माग गरेको संघिय समाजवादी फोरम पार्टिले आफ्नो मागलाई सरकारले वेवास्ता गेरको कारण देखाउदै सरकारलाई दिएको समर्थन फिर्ता गरेको हो ।
फोरमका तर्फबाट सांसद शिवजी यादवले सभामुख ओनसरी घर्तीलाई पत्र बुझाउँदै आफुहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक जानकारी गराएका हुन् । फोरमका १५ जना सांसदहरु रहेका छन् ।