संघीय समाजवादी फोरमले लोकतान्त्रिक गठबन्धनमै रहेर चुनावी तालमेल गर्ने

काठमाण्डौ १९ साउन -संघीय समावादी फोरम नेपालका सचिव पर्शुराम बस्नेतले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्नेमा जोड दिएका छन्। बस्नेतले वाम एकताको कारण निर्वाचन तलमाथि गर्न नहुने भन्दै यस्तो बताएका हुन ।

सचिव बस्नेतले भने,‘हामी सरकारमा छौँ, सरकारलाई दिएको समर्थन र लोकतान्त्रिक गठबन्धन गर्नेमा कुनै कसर बाँकी राख्दैनौ, नेपालमा लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छ, अरु कसैको केही लाग्दैन, ६ वटा लोकतान्त्रिक दलहरु एक भएर वाम एकताको चुनौतिलाई तोड्नुपर्छ। ’उनले अघि थपे,‘लोकतान्त्रिक गठवन्धन स्थानीय तहको निर्वाचनमा जनताले दिएको जनमतका आधारमा हुनुपर्छ, सिट बाडफाँडमा ध्यान दिनुपर्छ, कुनै पनि हालतमा एकता हुनुपर्छ, गठवन्धन हुनुपर्छ।’

नेता बस्नेतले संविधान संशोधन, मधेश आन्दोलन, १० वर्षे जनयूद्ध, थारु आन्दोलनले प्रचण्डलाई सरकारमा जाने मौका दिएको भन्दै आज आएर वाम एकताको नाममा सबै परिर्वतनहरु खोलामा बगाएको आरोप लगाए।

त्यस्तै उनले माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दलसँग चुनावी तालमेल र पार्टी एकताको प्रयास अघि बढाएसँगै वर्तमान सरकारमा बसिरहने नैतिक अधिकार नै गुमाईसकेको आरोप लगाए । उनले भने,‘नैतिकताको आधारमा पनि माओवादीले अब सरकार छोड्नुपर्छ।’

उनले आफ्नो पार्टी यही गठबन्धनमा रहने र पार्टी अध्यक्ष उपेन्द्र यादवले यही गठबन्धनमा नै रहने निर्णय गरिसकेको जनाउँदै भने,‘हाम्रो अध्यक्ष अब वाम गठबन्धनतिर जानुहुँदैन, यही गठबन्धनलाई मजबुद बनाएर लैजानुपर्छ र संस्थागत बनाउनुपर्छ भन्ने पक्षमा दृढ हुनुहुन्छ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *