संघिय समाजवादी खोटाङ्गबाट प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेद्वारहरुको नाम सिफारिस (नामावली सहित)

खोटाङ १८ असोज- संघीय समाजवादी फोरम खोटाङले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि बरिष्ठ नेता अशोक राईलाई उम्मेद्वार सिफारिस गरेको छ । आगामी मंसिर १० गते र २१ गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेद्वार छान्न मंगलबार दिक्तेलमा बसेको संघीय समाजवादी फोरमको बिस्तारित बैठकले बरिष्ठ नेता राईलाई प्रतिनिधिसभाको निर्वाचनमा खोटाङबाट प्रत्यक्ष उम्मेद्वारकारुपमा उठाउने निर्णय गरेको हो ।

प्रतिनिधिसभा निर्वाचनका लागि बरिष्ठ नेता राईसहित रमेश राई शरणकुमारको नाम पनि उम्मेद्वारकारुपमा सिफारिस गरिएको सो पार्टीका उपाध्यक्ष टंक थापाले बताए । संघीय समाजवादी फोरमले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ भने ६ जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभाका लागि भगवान चाम्लिङ्ग , माधवराज राई, बयानसिं राई, नैनबहादुर कट्वाल, अञ्जना राई र लालबहादुर बिश्वकर्माको नाम समानुपातिकतर्फ सिफारिस भएका छन् ।

प्रदेशसभाको निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा नविन राई, विवेक राई, राकेश राई र कर्णबहादुर कार्कीको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ भने डीबी सरोज राई, सिद्धिकुमार राई, नयनकुमार राई, कमानसिं राई, तेजमायाँ दुमी र दिपक तामाङको नाम पठाइएको संघीय समाजबादी फोरमले जनाएको छ । प्रदेशसभाका लागि क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा देवराज राई, टंकबहादुर थापा र विजेन्द्र राई तथा समानुपातिकतर्फ प्रेम राई, मदन किराति, दलबहादुर मगर, मधुकर राई, टंकमायाँ मुग्राती र आशा राईको नाम सिफारिस भएको डीबी सरोज राईले आफ्नो फेसबुक मार्फत सार्वजानिक गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *