संगीतकार डिआर अटूको जोर मादल यस्तो छ (हेर्नुहोस भिडियो सहित)

काठमाडौ १० भदौ- नेपाली गीत-संगीतको क्षेत्रमा मिठा-मिठा संगीत सृजना गरेर चर्चामा आईरहने संगीतकार डिआर अटु यो पटक भने गीतकार भएर आएका छन् । लोपोन्मुख लोकभाका मध्यको एउटा मारुनी भाकालाई पछिलो समयमा आएर,पुनर्ताजगी गराउने प्रयास भईरहेकै बेला,डिआर अटुले मारुनी लोकलयको शब्द रचना गरेका हुन् ।

डिआर अटुको शब्द रचना रहेको”जोर मादल बज्यो” बोलको गीतलाई अभय ढुङ्गेलले संगीत गरेका छन् भने,शिलाबहादुर मोक्तानले एरेन्ज गरेका छन् । यो गीतमा मेलिना राई र राजु ढुंगेलको स्वर रहेको छ ।

यो गीतको म्युजिक भिडोइयो पनि बनेको छ । यो गीतको म्युजिक भिडियोलाई करण चैसिरले छायांकन गरेका हुन् भने,बिष्णु शर्माले सम्पादन गरेका छन् । प्रकाश भट्ट,रिना थापा मगर र दिपक थापाले अभिनय गरेको यो गीतको म्युजिक भिडियोलाई याम गुरुङ्गले निर्देशन गरेका छन् ।

यो गीतको म्युजिक भिडियो हेर्न याहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *