“र शुट युके फेशन शो” सम्पन्न

काठमाडौ – काठमाडौमा “र शुट युके फेशन शो” सम्पन्न भएको छ । काठमाडौको त्रिपुरेश्वरस्थित कर्मा एन्ड लन्च बारमा उक्त फेशन शो सम्पन्न भएको हो । फेशन शोमा २७ जना प्रतिस्पर्धीहरुले विभिन्न चार वटा विधामा राम्प गर्दै फोटो सुट पनि गराएका थिए ।

फेशन शो कार्यक्रमको आयोजना युके ब्रिटिस आर्मी पवन राईले गरेका हुन् । कार्यक्रमलाई रस्लान भोड्का, रियल जुस, मिक्सोलोजी जुस,बीइङ्ग ह्युम्यन विन्स्टोन र चिभासले प्रायोजन गरेको थियो ।

“शुट युके फेशन शो” कार्यक्रममा ड्रेस डिजाईनर लाजिमा बुटिक, मेकअप सानू गुरुङ, कोरियो ग्राफर सरिता राजञ्चलले गरेकी थिईन।

कार्यक्रममा फेशन शो संगै गायिका तृषाला गुरुङ,अकोस्तिक बान्द्ले पनि आफ्नो प्रस्तुती देखाएका थिए। “शुट युके फेशन शो” नेपाल बाट सुरु गरिएको यो शोलाई अन्तराष्ट्रिय स्तरको बनाईने आयोजक पवन राईले बताएक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *