शहिद गोविन्द गौतमको परिवारको शिक्षादिक्षा तथा पालनपोषण सम्बन्धी विज्ञप्ति

काठमाडौ ४ जेठ-केहि समय अगाडी भारतीय सुरक्षाकर्मी एसएसबीको गोलि लागी मृत्यु भएका शहिद गोविन्द गौतमको परिवारलाई शिक्षा र पालन पोषणको निम्ति नेपाल चलचित्र निर्माता संघले सरकारलाई अनुरोध गर्दै विज्ञप्ति जारी गरेको थियो । सरकारले शहिद गोविन्द गौतमको परिवारलाई १० लाख क्षतिपुर्ती दिएपनि शहिद गोविन्द गौतमका वालवच्चालाई उचित शिक्षा र वयस्कलाई रोजगारी दिन आनाकानी गरिरहेकोमा शहिद गोविन्द गौतमका परिवारबाट नेपाल चलचित्र निर्माता संघलाई बाराम्बार अनुरोध भई आएकोमा नेपाल चलचित्र निर्माता संघले पुन: अर्को विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्ति जस्ताको त्यस्तै
हामीलाई विदितै छ कि २०७३ फाल्गुण २६ गते सीमाविवादमा भारतेली सीमा सशस्त्र सुरक्षा बलद्वारा नेपाली नागरिक गोविन्द गौतमको हत्या गरिएको थियो। यस हत्याको विरोधमा आम नेपाली जनतासँगै चलिचत्र निर्माता संघ नेपालले पनि स्वर्गीय गौतमलाई शहिदको घोषणा र उहाँको परिवारलाई क्षतिपूर्ति, शिक्षादिक्षा तथा पालनपोषणको माग गर्दै मिति २०७३ फाल्गुण २६ गते एक विज्ञप्ति प्रसार गरेको थियो। यसै सिलसिलामा चलचित्र निर्माता संघ नेपालका अध्यक्ष नवल खड्काको अगुवाईमा ‍महासचिव विमल पौड्याल, सचिव मनोज श्रेष्ठ, सदस्यद्वय मुनाल घिमिरे तथा विरेन्द्र सिंह, निर्माता डा= अमीत विश्वास, चलचित्र कलाकार श्रीराम पुडासैनी, राजकुमार जोशी, मीना शोव सहितको एक टोली शहीद गौतमको परिवारको अवस्था र सरोकार बुझ्न कञ्चनपुर पुनर्वास आनन्दवजारमा पुगेको थियो। सो बेला संघले रु २५ हजार ६०० आपतकालीन सहयोग गरेको थियो, तत्पश्चात् अन्य दाताहरुबाट सहयोग दिने कार्य प्रारम्भ भयो। यसैबेला भएको छलफलमा शहीदपरिवारको मुख्यत तत्काल भरणपोषणका लागि क्षतिपूर्ति, परिवारका वयष्क सदस्यलाई रोजगारी र बालबच्चाहरुलाई शिक्षादिक्षाको माग रहेको थियो।

सो माग बमोजिम नेपाल सरकारले मिति २०७३ चैत्र १० मा रु १० लाख क्षतिपूर्ति र २०७३ चैत्र १५ मा शहीद घोषणा गर्यो। यसैसँगै शहीदका सन्ततिहरुलाई निशुल्क पठनपाठनको व्यवस्था र उहाँकी श्रीमतिलाई रोजगारी दिनेसमेत निर्णय भएको थियो। सो निर्णयलाई लागू गराउन सहजीकरण गर्न शहीद परिवारले चलचित्र निर्माता संघ नेपाललाई आग्रह गरेबमोजिम हामीले सम्बन्धित मन्त्रालयमा पटकपटक ताकेता गरेका थियौं र गरिरहेकाछौं। सो को जानकारी दिन यस विज्ञप्तिलाई प्रसार गरेका छौं।

नेपाल सरकार गृह मन्त्रालयको २०७३ चैत्र १५ को निर्णयबमोजिम शिक्षा मन्त्रालयको पत्र अनुसार शिक्षा विभागले मिति ०७४ बैशाख २५ मा जिल्ला शिक्षा कार्यालय कञ्चनपुरलाई शहिदका सन्ततिहरुले इच्छा गरेका विद्यालयमा पठनपाठनको व्यवस्था मिलाउन निर्देशन पत्र पठाएको छ। यसैलाई आधार मानेर विद्यालयको खोज गर्न शहीद पत्नीलाई जानकारी संघले दिइसकेको छ। यसरी नै शहीद पत्नीलाई रोजगारी दिने निर्णय भइनै सकेको छ । हाल स्थानीय तहको निर्वाचन आचारसंहिता र प्रशासनयन्त्र अस्तव्यस्त भएका कारण खास उपलव्धी भएको छैन। तथापी स्थानीय तहको नयाँ संरचना बन्ने अवस्थामा नै स्थायी प्रकृतिको रोजगारी उपलव्ध गराउन हामी सक्रिय तथा चनाखो रहीरहेको जानकारी गराउँदछौं।
अन्तमा शहीद गौतमका परिवारको सरोकारमा अनुक्रिया गर्नका साथै आगामी दिनमा पनि मुलुकको स्वाधिनता, राष्ट्रियताको सम्वर्द्धन र विकासका प्रयत्नहरुमा संलग्न र सहभागी हुन चलचित्र जगतका साथै सम्पूर्ण नेपालीहरुमा अनुरोध गर्दछौं।

संघको तर्फबाट
नवल खड्का
अध्यक्ष

नेपाल चलचित्र निर्माता संघबाट विभिन्न समयमा नेपाल सरकार संग गरेको सम्झौता र नेपाल सरकारले गरेको प्रतिवद्धता

Leave a Reply

Your email address will not be published. Required fields are marked *