‘वीर विक्रम’को सिक्वेल ‘विर विक्रम २’ को निर्माण हुने

काठमाडौ २१ चैत्र,चलचित्र निर्माता निर्देशक मिलन चाम्सले ‘वीर विक्रम’को सिक्वेल ‘विर विक्रम २’ को निर्माण गर्ने घोषणा गरेका छन् । चलचित्र ‘वीर विक्रम’ गत भदौमा रिलिज भई दर्शकहरुको मन जित्न सफल बनेको थियो ।bir bikram in

दर्शकहरुले चलचित्र ‘विर विक्रम’ लाई दिएको माया र साथले सिक्वेल निर्माणको लागी प्रेरित गरेको मिलन चाम्सले बताए । मिलन चाम्सको अनुसार ‘विर विक्रम २’ २०१७ को आउँदो मंसिर महिनाबाट फ्लोरमा जानेछ ।

‘विर विक्रमको सिक्वेल ‘विर विक्रम २’ पहिलो ‘विर विक्रम’ भन्दा अझ सशक्त र सुधारिएर ल्याउने मिलन चाम्सले बताए । उक्त फिल्ममा कथा यम थापाको रहने छ । निर्देशक चाम्सले थापालाई पाँच लाख रकममा स्कृप्टको लागी अनुबन्ध गरेको दाबी गरेका छन् ।

उक्त चलचित्रमा लिड अभिनेत्रीमा प्रियंका कार्की रहने पक्का भईसकेको छ । यस्तै अघिल्लो सिरिजका ७० प्रतिशत कलाकार दोहोरिने संभावना रहेको चाम्सले बताए । जहाँ लिड अभिनेतामा दयाहाङ राई नै हुनसक्ने संभावना बढि देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *