वर्षाका कारण नेपाल सेमिफाइनलमा पुग्न असफल

काठमाडौं ।एसिसी महिला इमर्जिङ टिम्स एसिया कपअन्तर्गत नेपालको लगातार दोस्रो खेल वर्षाका कारण रद्द भएको छ।

शनिबार घरेलु टिम हङकङविरुद्धको खेल पनि मैदानमा पानी जमेका कारण रद्द भयो। जसका कारण नेपालको सेमिफाइनल पुग्ने लक्ष्य पनि समाप्त भएको छ।

यसअघि नेपाल र भारत ‘ए’ बीचको खेल रद्द भएको थियो। पहिलो खेलमा नेपाललाई पाकिस्तान ‘ए’ ले पराजित गरेको थियो।

तीन खेलबाट दुई अंक जोडेको नेपाल तेस्रो स्थानमा सीमित बन्यो। यो समूहबाट भारत र पाकिस्तान सेमिफाइनल पुगेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *