वर्तमान सरकार ढल्दैन: मन्त्री रेखा शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारलाई जनताको पूर्ण समर्थन भएकाले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छिन्।

प्रेस सेन्टर नेपाल काठमाडौं शाखाले आयोजना गरेको अन्तक्रिर्यामा नेपाल सरकारका प्रवक्ता शर्माले सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य र आवश्यकता नभएको स्पष्ट गरिन्।

‘सरकारलाई जनताको पूर्ण समर्थन छ। भ्रष्टाचारविरुद्धका कदमका कारणले पनि जनताको मर्म बुझेर सरकार काम गरिरहेको अनुभूति भएको छ। सत्तागठबन्धन यो सरकारको पक्षमा कटिबद्ध छ र सरकार दृढतापूर्वक आफ्ना कदम चाल्दैछ’, मन्त्री शर्माले भनिन्, ‘बाहिर कहाँ के चलिरहेको छ, हामीलाई थाहा भएन। सरकार पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्न पछि पर्ने छैन। राम्रो काम गर्दागर्दै सरकार ढल्छ भने पनि हामीलाई आपत्ति छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *